-
राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनले नै वर्चस्व कायम गरेको छ । १९ स्थानमा भएको निर्वाचनमा प्रदेश एकमा एक स्थान बाहेक अन्यमा सफलता हासिल गरेका छन् । प्रदेश एकमा भने सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् । जसपाका उम्मेदवार हेमराज राईलाई हराउँदै शेर्पा विजयी भएका हुन् ।
शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए । यसैगरी महिलातर्फ भने गठबन्धनका उम्मेदवार जयन्ती राई निर्वाचित भएकी छन् । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राईले ४ हजार ६ सय ९२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी एमालेकी सावित्रा भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरिन् ।
त्यसैगरी खुलातर्फ काँग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भए । बस्नेत र एमालेका गुरु बरालको मत बराबर भएपछि गोलाप्रथा गर्दा बस्नेत निर्वाचित भएका हुन् । बागमती प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलामा नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका हुन् ।
गण्डकी प्रदेशमा पनि सत्तारुढ गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ कांग्रेसकी कमला पन्त, दलित कोटाबाट माओवादी केन्द्रका भुवन सुनार र अन्य कोटाबाट माओवादी केन्द्रकै सुरेश बहादुर आले निर्वाचित भए । लुम्बिनी प्रदेशमा पनि तीन वटै स्थानमा गठबन्धनका उम्मेदवार विजयी भए । काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) निर्वाचित भएका हुन् ।
यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गठवन्धनका उम्मेदवार विजयी भएका छन् । कर्णालीमा माओवादी केन्द्रका नरबहादुर बिष्ट, कांग्रेसकी दुर्गाकुमारी गुरुङ र नेकपा (एकीकृत समाजवादी) का उदय बोहोरा तथा सुदूरपश्चिममा माओवादीका जगत पार्की, एकीकृत समाजवादीका गरिमा शाह र कांग्रेसका नारायण मिश्र निर्वाचित भएका हुन् । मधेश प्रदेशमा भने मतगणना जारी रहेको छ । राष्ट्रिय सभाका रिक्त १९ सदस्य चयनका लागि सातै प्रदेशमा आज मतदान सम्पन्न भएको थियो ।
News Desk 0 response बुधबार, माघ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





