• विश्व बैंकको सहयोगमा खरिद गरिएको २३ लाख ४० हजार मात्रा मोडर्नाको खोप आज काठमाडौं आइपुगेको छ । यसअघि सोमबार पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप काठमाडौं आएको थियो । यसअघि आएको ३८ लाख मोडर्ना खोप हिमाली र पहाडी क्षेत्रका बालबालिकालाई उपलब्ध गराइएको थियो ।

    अहिले भित्रिएको खोप पनि अठार बर्ष मुनिका बालबालिकालाई दिने स्वास्थ्य मन्त्रालयको तयारी छ । यसअघि आएको मोडर्ना खोप प्रदेश एकका ११, मधेसका पाँच, बागमतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी ५७ जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाइएको थियो । नयाँ भित्रिएको खोप बाँकी जिल्लाका बालबालिकालाई उपलब्ध गराउने तयारी छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा चार करोड तीन लाख ८८ हजार ८ सय ४० मात्रा खोप भित्रिएको छ । हालसम्म दुई करोड ९४ लाख २४ हजार ७ सय ५६ मात्रा खोप लगाइएको छ । एक करोड ६२ लाख ८९ हजार ४ सय २५ जनाले पहिलो मात्रा र एक करोड २९ लाख ६६ हजार ३ सय ६२ जनाले पूर्णमात्रा खोप लगाएका छन । एक लाख ६८ हजारभन्दा बढीले बुस्टर डोज लगाएका छन ।

4565