-
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको बताएकाछन् । सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले जनताको सुरक्षा र अधिकारको प्रत्याभूत गर्ने सरकारको दायित्व भएको भन्दै जनताप्रति प्रतिवद्ध भएर अघि बढ्ने बताएकाहुन ।
उनले हरेक अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र यसका लागि आवश्यक गृह कार्य गरिरहेको धारणा पनि राखे । उनले राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिए । त्यस्तै उनले आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले कोरोना महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै अर्थतन्त्रमा असर पर्न नदिन अहिले स्मार्ट लकडाउन गरिएको बताए । भीड नियन्त्रण गरेर संक्रमितको पहिचान गर्न सरकार गम्भीर रहेको र सशस्त्र प्रहरी बलले पनि कोरोना रोकथाममा भूमिका खेलेको उनले बताए ।
त्यस्तै सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले राज्यको दायित्वलाई संगठनले सदैव प्राथमिकताका साथ निर्वाह गरेको जानकारी दिए । मुलुकको सीमा सुरक्षाका लागि उत्तरदेखि दक्षिणसम्म नै सक्रिय रुपमा अहोरात्र खटिएको उनले बताए । उनले नेपालको सीमा क्षेत्रलाई व्यवस्थीत गर्नका लागि प्रतिवद्ध भएर लागेको बताए ।
News Desk 0 response आइतवार, माघ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





