• लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेकोछ । आयोगले माघ ११ देखि माघ मसान्त सम्म निर्धारित सबै परीक्षा स्थगित गरेको हो ।आयोगको विहिबार बसेको बैठकले यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगन गर्ने निर्णय गरेको आयोगले जनाएको छ । अन्र्तवार्ता र नियमित काम भने संचालन हुनेछ ।

    त्यसै गरि यता त्रि वि केन्द्रीय परीक्षा संचालक समितिको विहिबारको बैठकले सम्पन्न हुने क्रममा र संचालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना संक्रमणको बढ्दो जोखिमका कारण माघ ९ देखि अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

4565