• नेपालमा कोरोनाको संक्रमणको दर उच्च अवस्थामा पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८ सय ३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

    १७ हजार ८ सय ७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९ सय ५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७ सय ३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । । पछिल्लो तथ्यांकअनुसार संक्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ ।

    यसमध्ये पीसीआर विधिबाट संक्रमण दर ४८.८ प्रतिशत रहेको छ भने एन्टिजेन विधिबाट ४४.९ प्रतिशत रहेको छ । पुसको १९ गते संक्रमण दर समग्रमा २.६ प्रतिशत रहेकोमा १५ दिनको अन्तरालमा संक्रमण दर तिब्र भएको हो । काठमाडौं उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ जना कोरोना संक्रमित थपिएका छन । मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ४ हजार ४ जना संक्रमित थपिएका छन भने ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० संक्रमित थपिएका छन ।

4565