• काभ्रेको पनौतीमा आजदेखि १२ बर्षे मकर मेला सुरु भएको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण प्रशासनले मेलामा रोक लगाएपनि २५ जना भन्दा कम भेला भएर स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

    एक महिनासम्म लाग्ने मेला अन्र्तगत पनौतीस्थित त्रिवेणीघाटमा स्नान गर्नका लागि देश विदेशवाट समेत हिन्दु धर्मालम्बी आउने गर्दछन । त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडामा रहेको गोरखनाथलाई चढाउनले ठूलो पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाईन्छ ।

    मकर स्नानका लागि दर्शनार्थीहरुलाई दर्शन गर्नका लागि ६ वटा नाकाहरुबाट प्रवेश गर्ने व्यवस्था मिलाएको छ । स्नानकुण्ड प्रवेश गर्नुअघि स्वास्थ्य जाँच गर्ने र मास्क स्यानिटाईजरको व्यवस्था गरेर एक पटकमा २५ जनालाई मात्रै स्नान गर्ने व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

    मेलाका क्रममा धार्मिक अनुष्टान मनोरञ्जनका कार्यक्रममा भने प्रशासनले रोक लगाएको छ । मेला व्यवस्थित गर्न चार सय जना स्वयंसेवकहरुका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।

4565