-
प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि सवै नागरिकलाई पूर्ण मात्राको खोप लगाईने बताएकाछन् । शनिबार बालुवाटारमा स्वास्थ्यबिज्ञहरुको छलफलका क्रममा प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लािग खोप नै अन्तिम बिकल्प देखिएको भन्दै सवै नागरिकलाई पूर्ण मात्राको खोप दिईने बताएकाहुन ।
त्यस्तै प्रधानमन्त्री देउवाले अव आवश्यकता अनुसार बुष्टर खोप अभियानलाई अघि बढाइने समेत बताए । प्रधानमन्त्री देउवाले बिज्ञ चिकित्सकको सुझावका आधारमा कोरोना नियन्त्रण र रोकथाम अभियानलाई थप प्रभावकारी बनाइने उल्लेख गरे । कोरोनाको नयाँ नयाँ भेरियन्ट आएका कारण विश्व समूदायकै लागी चूनौती देखिएकाले यसलाई सामना गर्ने सवै उपायहरुलाई अवलम्वन गर्नुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन धेरै सङ्क्रामक भएकाले आइशोलेशन र होल्डीङ सेन्टरका साथै कोरोना परिक्षणको दायरा बढाउन सरकारले काम गरिरहेको जानकारी दिए ।
छलफलका क्रममा परिक्षणको दायरा बढाउनुपर्ने , आइशोलेशन सेन्टर बढाउनुपर्ने र जनशक्ति बढाउन सुझाव दिएको संक्रामक रोग बिशेषज्ञ डाक्टर जनक कोईरालाले जानकारी दिए । उनले कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने सुझा दिएका जानकारी दिए ।छलफलमा स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सील लगाएत बिभिन्न अस्पतालका बिज्ञहरुको सहभागीता रहेको थियो ।
News Desk 0 response शनिबार, माघ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





