-
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जनकपुरधाम–जयनगर रेल संचालन गर्न भन्दै गुपचुप कर्मचारी नियुक्त गरेका छन् । कर्मचारी भर्नाको सूचनाबेगर झाले स्टेशन मास्टर, टीटी, क्यासियर, गार्डसहित ६० कर्मचारी नियुक्त गरेका हुन् । नयाँ कर्मचारीलाई जनकपुरको मत्स्य विकास तालिम केन्द्र वुधवारदेखि तालिम सुरू गरिएको छ ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई हटाएर रेल्वे महाप्रबन्धकमा झालाई नियुक्त गरेको थियो । माधव नेपालनिकट युवा संघका केन्द्रीय उपाध्यक्ष झा सप्तरी निवासी हुन् । उनी नेकपा एकीकृत समाजवादीको कोटाबाट भदौ पहिलो साता नियुक्त भएका थिए । झा नियुक्त भएलगत्तै १ सय ५१ ज्यालादारी कर्मचारीलाई हटाएका थिए ।
रेल संचालनको मिति टुंगो नलाग्दै कर्मचारी राखेको भन्दै झाले पूर्वमहाप्रबन्धक भट्टराईले नियुक्त गरेका कर्मचारी हटाएका थिए । तर, उनी स्वयं अहिले ६० कर्मचारी भर्ना गरेर सम्पर्कविहीन बनेका छन् । महाप्रबन्धक झाले कानूनी प्रक्रिया पूरा नगरी कर्मचारी नियुक्त गरेको भन्दै हटाइएका कर्मचारीले आन्दोलनको तयारी गरेका छन् । विगतमा आफूले हटाएका कर्मचारीको डरले झा सम्पर्कविहीन भएको बताइएको छ । तीन दिनदेखि उनको मोवाइल स्वीचअफ छ ।
हटाइएका ज्यालादारी कर्मचारी धनुषाका इन्द्रजीत गोइत अहिले झाले कुन प्रक्रियाबाट सुटुक्क कर्मचारी नियुक्त गरेको भन्दै प्रश्न उठाएका छन् । ‘हामीलाई करिब दुई महिना रेल्वे कम्पनीले तालिम दिएको छ । तर, झा सर आएपछि एउटा सूचना टाँसेर हामीलाई हटाउनुभयो । अहिले कुन प्रक्रिया पूरा गरी कर्मचारी नियुक्त गर्नुभयो रु त्यसको जवाफ त दिनुर्पयो नी,’ गोईतले भने,‘नयाँ कर्मचारी सूचना र प्रक्रियाबिना कसरी नियुक्त भयो भनेर कार्यालयमा पटक–पटक भेट्न गयौं । तर, उहाँ भेट्नु भएन । फोन गर्दा तीन दिनदेखि अफ छ ।’
१२९ कर्मचारी माग गर्दा ३२ हजार ६८६ को आवेदन
२९ भदौ ७७ मा पहिलोपटक रेल्वे कम्पनीले विभिन्न पदमा १ सय २९ कर्मचारी मागेको थियो । ३२ हजार ६८६ जनाले दरखास्त बुझाएका थिए । दरखास्तवापत कम्पनीले १ करोड ३६ लाख उठायो । दरखास्त संकलनपछि लोकसेवा आयोगले विज्ञापन नै रद्द गर्न लगायो । नेपालको संविधान २०७२ को धारा २४३ मा ‘संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने व्यवस्था छ । सो बमोजिम भर्ना प्रक्रिया स्थगित भएपछि उम्मेदवारबाट उठेको रकम अझै फिर्ता भएको छैन ।
News Desk 0 response बिहिबार, पुस २९, २०७८
दरखास्त वापतको रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरूले पटक–पटक जनकपुरमा आन्दोलन गरिसकेका छन् ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





