• नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालय रअख्तियार दूरुपयोग आयोगलाई पत्र पठाएको छ ।

    नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्र पठाएको हो । मंगलबार पयर्टनमन्त्री प्रेम बहादुर आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र पठाउने निर्णय गरेका थिए ।

4565