• कोरोनाभाइरस संक्रमण बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको छ ।

    पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइने छ । कोभिड–१९ ओमिकोन भेरियन्टको संक्रमणको जोखिम बढेकाले कडाइ गरिएको मन्त्रालयले जनाएको छ ।

4565