• काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मेला, महोत्सव र राजनीतिक कार्यक्रममा प्रतिबन्ध लगाइएको जानकारी दिए । त्यस्तै अत्यावश्यक कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालनाका साथ गर्ने व्यवस्था मिलाउने उनले बताए ।

    प्रशासनले सेवाग्राहीको बढी चाप हुने कार्यालयहरुमा भिडभाड नहुने गरि स्वास्थ्यमापदण्डको पालना गरी सेवा प्रवाहको प्रवन्ध मिलाउन आग्रह गरेको छ । त्यसैगरी, प्रशासनले सर्वसाधारणलाई स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

4565