• नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गरेका छन । आइतबार झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन कार्यक्रममा ओलीले सरकारमा रहेकाले भ्रष्टाचार छोप्न नक्कली ज्वाइँ खडा गरेर आफुलाई बद्नाम गराउन खोजेको टिप्पणी गरेका हुन ।

    नारायणहिटी सङ्ग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बताससँग आफ्नो कुनै नाता नरहेको उनको दावी छ । बताउनुभयो । सरकारले नारायणहिटीलाई निल्न खोजेको र जनता कराएपछि भाग्न बाध्य भएको उनले बताए ।

    ओली झापाको कमल गाउँपालिका– ७ स्थित गेउरियामा निर्माणाधीन आयुर्वेदिक औषधालयको निरीक्षण गर्नुका साथै झिलझिले स्थित वाटर किङडम पार्कको उद्घाटन समेत गरेका थिए ।

4565