• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेका छन् । उत्तराखण्डको हल्द्वानीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लिपुलेक आफ्नो भूमि रहेको भन्दै सडक चौडा गर्ने बताएका हुन् ।

    मानिसको लाभको लागि सरकारले विकासलाई तिव्रता दिइरहेको उनले बताए । ‘तपाईहरुलाई सुख सुविधाबाट बञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम अबरुद्ध रह्यो,’ मोदीले भने, ‘हामीले लिपुलेकमा एक सडक बनाएका छौं । अहिले बिस्तारको काम भइरहेको छ ।’

    भारतीय प्रधानमन्त्रीले लिपुलेकमा सडक चौडा गर्ने बताइरहँदा नेपाल सरकारले भने यसबारे आधिकारीक रुपमा केही नभनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

    मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार भारतीय पक्षले अहिले पनि लिपुलेक क्षेत्रमा सडक विस्तार गरिरहेको छ ।

4565