• संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सुचारु हुने दाबी गरेका छन् । उनले विमानस्थल उद्घाटन गरेर दुई महिनामा सञ्चालनमा ल्याइने बताए । भैरहवामा भएको कार्यक्रममा मन्त्री आलेले विमानस्थलमा परीक्षण उडानको लागि तयारीमा रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने पनि बताए ।

    भारतीय चलचित्र नायकको उदाहरण दिँदै मन्त्री आलेले आफू जति दिन मन्त्रीमा रहे पनि जनताको काम गर्ने दाबी गरे । आफूले ठूलो काम नगरेको भइ कर्तव्य मात्र निर्वाह गरेको उनको भनाइ छ ।

    मन्त्री आलेले नारायणहिटी संग्रहालय, पशुपति विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अघि बढेको जानकारी पनि दिए । लुम्बिनी गुरुयोजनाको काम ८१ प्रतिशत सम्पन्न भएको उनले बताए ।

4565