-
जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ ।
शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् । जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले जुन प्रकारको राष्ट्रिय लेभलमा जुन प्रकारको समस्या देखा परेको छ । त्यो समस्या समाधान गर्न यी दलहरु बारम्बार प्रयोग भए, असफल भए । त्यसैले अब यो ऐतिहासिक कार्यभारको नेतृत्व जसपा लिन तयार रहनुपर्छ र जसपा त्यसको लागि पहलकदमी गर्नुपर्छ भन्ने कोणबाट हामी बहस थालेका छौँ ।’
शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा ब्रिफिङ गरेको पनि नेता यादवले जानकारी दिनुभयो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको पनि बताउनुभयो । संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफुहरुको सहकार्य र समन्वय हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘प्रतिगमनकारी शक्ति सँग, लोकतन्त्र बिरोधी, संघीयता बिरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । क्लियर छ हाम्रो यसमा । हामी संघीयता पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधर शक्तिहरुको बीचमा सहकार्य, समन्वय र समाजस्य गरेर मुलुकलाई निकाश दिनुपर्दछ र अहिलेको आवस्था भन्ने हो भने सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीले असंवैधानिक कार्य ग¥यो भनेर ठहर गरिसकेपछि संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने स्पष्ट अडान हाम्रो पार्टीको रहेको छ ।’
जसपाले सत्ता समिकरणको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यस्तै संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष यादवले बताउनुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३





