• बर्दियाको राजापुरमा मंगलबार एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । राजापुर नगरपालिका वडानम्बर—१० ढुण्डिपुरमा करिब ३० बर्षको बयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको हो । ढुण्डीपुर नेपाल भारत सीमाना नजीकै तोरीबारीमा हात्ती मृत अवस्थामा देखिए पछि स्थानीले खबर गरेका हुन् ।

    हात्तीको मृत शरिरको अवस्था हेर्दा अस्वभावीक मृत्यु भएको डिभिजन वन कार्यालय गुलरियाका डिभिज्नल वन अधिकृत प्रविन विडारीले वताएका छन् । प्ररम्भीक अवस्थामा हेर्दा हात्तीको सँुडमा सामान्य जलेको जस्तो देखिएको वन अधिकृत बिडारीले जानकारी गराएका छन् ।

    घटना स्थलमा राष्ट्रि प्रकृति संरक्षण कोषको मेडीकल टोलीले पोष्टमाटमको काम शुरु गरेको वताइएको छ । पोष्टमार्टमको रिपोर्ट र थप अनुसंन्धान पछि मृत्युको कारण खुल्ने डिभिज्नल वन अधिकृत बिडारीले जानकारी दिएका छन्। २ दिन अगाडी राजापुरमा जंगली हात्तीले बाख्रा चराउन गएकी एक महिलाई आक्रमण गरि मारेको थियो ।

4565