• पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १६ जना घाइते भएका छन् । रुपन्देहीको बुटवलबाट रिडितर्फ मलामी बोकेर जाँदै गरेको लु.१ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत लघुवामा दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, बुटवल उपमहानगरपालिका–१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल उपमहानगरपालिका–११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक र ३६ वर्षीय मोहन कुँवर रहेका छन् ।

    घाइतेहरुको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बसमा करिव ३५ जना सवार रहेको बताइएको छ । घुम्ती सहितको ओरालो सडक चिप्लो हुँदा बस दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

4565