• अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँचौ दिनको बन्दसत्र सकिएको छ । शनिबार एघारबाट सुरु हुने बन्दसत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि नेता देवप्रसाद गुरुङले जवाफ दिने कार्यक्रम छ ।

    शुक्रबारको बन्दसत्रमा अध्यक्ष दाहालले महाधिवेशनमा प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए । जवाफमा अध्यक्ष दाहालले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि पार्र्टीको विशेष महाधिवेशन गर्ने घोषणा गरेका थिए ।

    त्यस्तै उनले एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै अस्पष्ट जवाफ दिएका थिए । विलाशी घरलाई लिएर पटकपटक आलोचना सहेका दाहालले आफू घर टाडेर रुकुम रोल्पा गएर पनि बस्ने सक्ने जवाफ दिएका थिए । दाहाल हाल ललितपुरको खुमलटारमा बस्दै आएका छन् । सो घर निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको भएको बताइएको छ ।

4565