-
भारतको राजधानी नयाँ दिल्लीमा समुदायस्तरमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेको छ । विदेश यात्रा नगरेका व्यक्तिमा ओमिक्रोनको सङ्क्रमण पुष्टि हुनुले बिस्तारै यो समुदायस्तरमा फैलिरहेको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन् ।
दिल्लीको अस्पतालमा २ सय कोरोना सङ्क्रमित भर्ना भएका छन् । यसमा १०२ जना सङ्क्रमित दिल्लीकै र ९८ जना बाहिरका रहेको पनि जैनले जनाएका छन् । दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित छन् ।
पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन बढ्न थालेपछि कडाइ गरेका छन् । सिनेमा घर, जिम, स्कुल, कलेज बन्द गरिएको छ । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति झनै खराब हुने विज्ञहरूले बताएका छन् ।
News Desk 0 response बिहिबार, पुस १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३