• रौतहटको गरुडामा जन्ती गएर फर्कदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा रौतहटको गडीमाई नगरपालिका–३ का १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु रहेको प्रहरीले जनाएको छ । त्यसैगरि शेख अवलेश र २२ बर्षिय शेख अरसको पनि उपचारका क्रममा मृत्यु भएको हो ।

    रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएर फर्कदै गरेको बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेट भएको जीप जयनगर सडकखण्डमा दुर्घटना भएको हो । जिपमा ९ जना सवार रहेका थिए । दुर्घटनामा परेका २ जनाको स्थानीय ग्राण्डि अस्पतालमा र एक जनाको विरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

4565