नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यवस्था नै उल्ट्याउने षड्यन्त्र भैरहेको बताएका छन् । पुस ११ देखि हुन लागेको राष्ट्रिय सम्मेलनको पुर्बसन्ध्यामा दाहालले एकथरी मानिसहरु ब्यबस्था नै उल्ट्याउन लागिपरेको बताएका हुन । संविधानको रक्षा गरेर राष्ट्रिय पुँजी बढाउनुपर्नेमा नेपाल केवल विदेशीको बजार मात्रै भएको दाहालको भनाइ थियो ।
दाहालले प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै एमसीसीकै कारण गठबन्धन नटुट्ने बताए ।अध्यक्ष दाहालले अहिले सबै चिज विदेशबाट ल्याउनुपरेको भन्दै तीनै तहका सरकार राष्ट्रिय अर्थतन्त्र मजबुद बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।