• राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । कार्यकाल सकिन लागेको अघिल्लो दिन बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच पुनर्निर्माण प्राधिकरणले बाँकी काम, हक दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले छ वर्षमा प्राधिकरणले उच्चस्तरीय काम गरेको भन्दै प्रशंसा गरे ।

    त्यस्तै पुनर्निर्माण प्राधिकरण कार्यकारी निर्देशक ज्ञवालीले भूकम्पपछिको पूननिर्माणमा सवैको सहयोग प्राप्त गरेकाले सफलता मिलेको बताए ।प्राधिकरणको समयावधि पुस ९ गते शुक्रबारबाट सकिँदै छ ।

4565