• कैलालीका अर्जुन दासको न्यायका लागि संघर्ष समिति बनाएर बिभिन्न माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । घाटी रेटि विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म पक्राउ नगरेको भन्दै दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर ८ बुदे माग सहित संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।

    हत्यारालाई आजिवन कारवास हुनु पर्ने, मृतकलाई सहिद घोषणा गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, पिडितको बालबालिकालाई उचित शिक्षाको ब्यवस्था हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ ।घटनाका बारेमा अडियो सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेकोमा उनीहरुको आारेप छ ।

4565