• राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले संसद, सतापक्ष र विपक्षीबाट बन्धक बनेको आरोप लगाएका छन् । गृह जिल्ला झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको तथा अदालत अदालतजस्तो नभएको बताए । उनले यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक नभएको भन्दै दुःख ब्यक्त गरे ।

    अध्यक्ष लिङ्देनले जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने तथा जनताको मत र विश्वासलाई सदैव सदुपयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता राप्रपामा प्रबेश गरेका थिए ।

4565