-
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएकाछन् । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारेकाछन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राखे । हाललाई उनी नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहेको पनि महासचिव पोेखरेलले जानकारी दिए । उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे ।
महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताएकाहुन । पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? पनि सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्ननै नगर्ने तर्क समेत गरे । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।
उनले भने, ‘भीम रावलजी केन्द्रिय कमिटीमा रहेनन् । त्यसकरण उनको कार्य विभाजन केन्द्रिय कमिटीमा रहेन । हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रिय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी दिइएको छ । त्यो भन्दा बाहेकको जिम्मेवारीको सन्दर्भमा उनले पार्टी अध्यक्षसँग परामर्शमा थप जिम्मेवारी दिने कुरा रह्यो । उनले जिम्मेवारी बहन गर्न तत्परता देखाउनु भयो भने हामी छलफलका लागि तयार छौं । पार्टीको कार्य विभाजनमा विभेद गरेको भन्ने कुरा सत्य होईन ।
समग्रतामा हाम्रो पार्टीलाई बुझ्नेहरु यस्तो प्रश्न गर्दैनन् । किनभने हाम्रो पार्टी विशाल कार्यकर्ताहरुको सहभागिता भएको पार्टी हो । झापा विद्रोह ३२ सालको पार्टीको ठूलो पंक्ति हाम्रो साथमा छ । ३६ सालको आन्दोलनमा जोडिएको ठूलो पंक्ति छ । र ४६ सालको आन्दोलनमा जोडिएको ठूलो पंक्ति छ । र ६२÷६३ को आन्दोलनमा हुर्किएको पुस्ता पनि नेतृत्वका लागि तयार भईसकेको छ । त्यस अर्थमा स्वभाविक रुपमा हामी के देख्न सक्छौं भने–एकसेएक योग्य नेताहरु रहँदाखेरी जिम्मेवारीको सन्दर्भमा सबैलाई समान प्रकारणको जिम्मेवारीको सन्दर्भको कुराकानी गर्दाखेरी कहाँ विभेद भयो भन्ने कुरा हेर्नु हुन्छ भने कुनै आग्रह छैन ।
म काम गर्न सक्थे भन्ने चाहना धेरैको छ । त्यसलाई एकै प्रकारणको कामको जिम्मा दिन सकिदैन । त्यसअर्थमा केही तलमाथि भएको देखिन सक्छ । तर त्यो चाँही एक प्रकारले तपाईहरुले भनेजस्तो पूर्व माओवादीसँग जोडिएर वा दश बूँदे सहमतीसँग जोडिएर भएको विषय होईन । यो एमाले भित्र सक्षम नेताहरुको विशाल पंक्ति भएका कारणले हरेकले हरेक काम गर्न सक्नु हुन्छ त्यसकारणले त्यो अनुसारको अपेक्षा राख्नेकुरा स्वभाविक हो । तर पार्टीले सबैको व्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लाग्दछ ।’
महासचिव पोखरलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताए । उनले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पारे । महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताए ।
उनले भने, ‘एमसीसीको सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुंगो लागेको छैन । किनकी न संसदले कार्यसूचिमा राखेको छ, न सरकारले हामीलाई केही बताएको छ । र संसद प्रतिनै हाम्रा केही प्रश्नहरु छन । जुन कुरा तपाईहरुले थाहा पाईसक्नु भएको छ । वास्तवमा भन्ने हो भने संसदको गतिरोधसँग जोडिएर हामीेल हाम्रा कुराहरु राखि राखेका छौं । विशेषगरी हामीले के भनेको छौं भने पार्टीको तर्फबाट कारबाही गरेका सदस्यहरुलाई सभामुखले सूचनामात्रै प्रकाशित गर्नुपर्ने अधिकार पाएको सभामुखले अन्यथा गरेको कुराप्रति हाम्रो असहमती छदैछ । अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि हाम्रो असहमती छ ।
त्यसैगरी हामीे असहमती प्रकट गर्दै अदालतमा त्यस विषयमा मुद्धा दर्ता गरेका छौं । यस अर्थमा हाम्रो भनाई के हो भने–जवसम्म यी विषयहरुको सम्बोधन हुँदैन । हामीले कारबाही गरेका सदस्यहरुलाई राखेर संसद चलाउने काम हुन्छ । त्यसमा हाम्रो असहमती रहन्छ । असहमती रहँदै आएको छ । यात सभामुखले नैतिक आधारमा सच्याउन नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्ने । उनले अव मैले यसो गरिसके पछाडि हटन सक्दिन भन्ने हो भने संसद चलाउने कर्तव्य उनको पनि हो । त्यस अर्थमा उनले चाँही मार्ग प्रशस्त गरेर राजीनामा दिने हो भने नयाँ प्रक्रियाको सुरुवात हुन्छ ।
यात उनले जे कमजोरी गर्नु भएको छ, त्यो सच्याउने । त्यसो हो भने संसदको प्रक्रिया अगाडि बढछ । अन्यथा संसदको प्रक्रिया अगाडि बढन सक्दैन भन्ने कुरा हामीले अडान राख्दै आएका छौं । अर्को सर्वोच्च अदालतमा हामीले जुन मुद्धा दर्ता गराएका छौं । त्यसको फैसला नहुन्जेलसम्मका लागि त स्वभाविक रुपमा फैसला भो भने हामीले मान्य गरेका छौं । सर्वोच्चको निर्णयलाई मान्य गरेका छांै । न सर्वोच्चले फैसला गरिराख्या छ । न सभामुखले गल्ती सच्याउने काम गर्नु भएको छ । न त उहाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्ने काम गर्नु भएको छ ।
यो प्रक्रिया नटुंगिकन स्वभाविक रुपमा अन्य विषयहरुमा नेकपा एमाले प्रवेश गर्दैन । त्यसकारण अहिले एमालेका लागि प्राथमिक विषय संसदको अवरोध हटाउनका लागि सत्ता पक्षबाट भूमिका खेल्नुपर्छ भन्ने नै हो । .जव अवरोध अन्त्य हुन्छ, त्यसपछि हामी विजनेश भित्र प्रवेश गछौं ।’
महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताए । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उनको भनाई थियो ।
News Desk 0 response शुक्रबार, पुस २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





