नेपालका चार जना क्रिकेटरले नेपाल क्रिकेट संघ (क्यान) ले आफूहरुलाई अपमान गरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका लागि खेलिरहँदा खेलाडीहरु माथि क्यानले पटक पटक अपमान गरेको गुनासो गरेका हुन् ।
उनीहरुले कारवाही लगायतका निर्णय पुनर्विचार नगरिए क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावनी पनि दिए ।उनीहरुले जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्याक्टमा नराख्ने जस्ता कारबाहीले आफूहरुलाई दुःखी बनाएको पनि बताए ।