• नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् ।पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

    रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारपछि स्पष्टीकरण सोधिएको थियो ।उनीमाथि अन्य आरोपहरु समेत लागेपछि बोर्ड बैठक बसेर छानविन समिति गठन भएको हो । समितिलाई १५ दिनको समय दिइएको छ । त्यतिन्जेल रेग्मी निलम्वनमा पर्नेछन् ।

    उनको अनुपस्थितिमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नन्दिनी थापाले पाएकी छन् । समितिले छानविनका क्रममा रेग्मी दोषी भेटिएमा बोर्डले उनलाई कारवाही गरेर हटाउनेछ ।

    रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि गरेको दुर्व्यवहारको सामाजीक सञ्जालमा भिडियो समय बाहिरीएको थियो । विदेशबाट फर्कदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारी माथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले स्पष्टीकरण सोधेको थियो ।

    मन्त्रीसँग सम्वन्ध चिसिएसँगै बोर्डका नीतिगत कामहरु प्रभावित हुँदै आएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले रेग्मीलाई २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त गरेको थियो ।

4565