• नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन । प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजित कार्यक्रममा कोइरालाले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको बताए । उनले निर्वाचनमा पराजित भएको कुरालाई आफूले सामान्य रुपमा लिएको भन्दै निर्वाचनमा कोही जित्ने र कोही हार्ने कुरा स्वाभाविक हुने बताए ।

    कार्यक्रममा महामन्त्रीका उम्मेदवार गगन थापाले प्रकाशमान सिंहलाई के प्रलोभनमा परेर बदलिएको हो भनी प्रश्न गरेका थिए । मध्यरातसम्म नेतृत्व परिवर्तन नगरी पार्टी बन्दैन भन्ने नेताहरू बिहानै आफै कसरी परिवर्तन भए भनी प्रश्न गरेका थिए ।

    संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्छ भन्ने प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।

4565