-
धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४दशमलव २५ अङ्क अर्थात पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो ।
कारोबार बन्द भएको ४० मिनेपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमल०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ ।
नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ । त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





