-
सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबार .देखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका हुन् । उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरुसँग छलफल गर्ने र आवश्यकता अनुसार सर्वदलीय बैठक राख्ने पनि उनले बताए ।
सभामुख सापकोटाले विधेयक अधिवेशन भएको हुनाले यस अधिवेशनबाट विधेयक पास गर्ने र विधेयक पास गराउनका लागि समझदारी जुटाउने मूल एजेण्डा रहेको उल्लेख गरे । सभामुख सापकोटाले एमालेले विगतमा गरेको संसद अवरोध संविधान र नियमसम्मत् नभएको बताए । उनले आफूले नेपालको संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गरिरहेको पनि बताए ।भोलीदेखि संसद अधिवेशन सुरु हुने भएकाले सभामुख सापकोटाले संसद भवन नयाँ बानेश्वर पुगेर संसद सचिवालयको तयारीको अवलोकन गरेका हुन् । संसद बैठकका लागि सम्पूर्ण तयारी पूरा गरेको संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयले प्राविधिक तयारी, सिट व्यवस्थापनको काम सकिएको र बैठकमा उपस्थित हुने सांसदहरु र कर्मचारी लगायतको एन्टीजेन परिक्षण भइरहेको पनि जानकारी दिएको छ ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३