• राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार अध्यक्ष लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे निष्पक्ष छानविन समिति बनाउन उनले आग्रह गरेका हुन् ।

    उनले पत्रमा महाधिवेशनमा हस्तक्षेपको भत््सना गर्न पनि आग्रह गरेका छन् । नेता थापाले भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नपनि पत्रमार्फत आग्रह गरेका छन् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्न पत्रमा उल्लेख गरेका छन् । थापाले अध्यक्ष निर्वाचित भएकामा लिङ्देनलाई बधाई पनि दिएका छन् ।

4565