-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका विषयमा दिएको अभिव्यक्ति पश्चात शेयर बजार मापक नेप्सेमा पहिरो गएको छ । प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिको विषयमा आइतबार देखि चर्को आलोचना भइरहेको छ । प्रचण्डको अभिव्यक्तिको असर सोमबार शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा बियरिस ट्रेन्डमा प्रवेश गरेको थियो । अझ शनिबार प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिले रहेको बजारमा पहिरो जानथप साथ दिएको देखिएको छ । प्रचण्डको अभिव्यक्ति कारण शेयर लगानीकर्ता त्रसित बनेका छन्।
सोमबार शेयर कारोबारको सुरुवात देखि नै बजार प्रभावित भएको थियो । सय अंकसम्म गिरावट भएको बजार ७९.२३ अंकले घटेको छ ।
सोमबार बजार ७९.२३ अंकले घटेर २२८२.०१ बिन्दुमा झरेको छ । नेपाली शेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो । तर, उक्त उच्च रेकर्ड पछि विस्तारै घट्दै गएको बजार पुनः २ हजार ३ सयको विन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको थियो ।
सोमबार कारोबारमा आएका २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा झरेको छ । नेप्से परिसूचकका १३ उपसमूहको सूचक राताम्मे देखिएको छ । जसमा बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बीमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बीमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ ।
बजार घटे पनि आज गोर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य भने ९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले गिरावट आएको छ ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३