-
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका विषयमा दिएको अभिव्यक्ति पश्चात शेयर बजार मापक नेप्सेमा पहिरो गएको छ । प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिको विषयमा आइतबार देखि चर्को आलोचना भइरहेको छ । प्रचण्डको अभिव्यक्तिको असर सोमबार शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा बियरिस ट्रेन्डमा प्रवेश गरेको थियो । अझ शनिबार प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिले रहेको बजारमा पहिरो जानथप साथ दिएको देखिएको छ । प्रचण्डको अभिव्यक्ति कारण शेयर लगानीकर्ता त्रसित बनेका छन्।
सोमबार शेयर कारोबारको सुरुवात देखि नै बजार प्रभावित भएको थियो । सय अंकसम्म गिरावट भएको बजार ७९.२३ अंकले घटेको छ ।
सोमबार बजार ७९.२३ अंकले घटेर २२८२.०१ बिन्दुमा झरेको छ । नेपाली शेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो । तर, उक्त उच्च रेकर्ड पछि विस्तारै घट्दै गएको बजार पुनः २ हजार ३ सयको विन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको थियो ।
सोमबार कारोबारमा आएका २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा झरेको छ । नेप्से परिसूचकका १३ उपसमूहको सूचक राताम्मे देखिएको छ । जसमा बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बीमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बीमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ ।
बजार घटे पनि आज गोर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य भने ९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले गिरावट आएको छ ।
News Desk 0 response सोमवार, मंसिर २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





