• नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन । शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा ओलीले अरु पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न आव्हान गरेका हुन । ओलीले पार्टीका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न समेत निर्देशन दिए ।

    राष्ट्रको अभिभारा एमालेको काँधमा रहेकाले पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनु पर्ने उनको जोड थियो । बैठकले आगामी २३ पुसमा एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । एमालेले प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय समेत गरेको छ । बैठकले स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय पनि गरेको छ ।

4565