• कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १ सय ३४ पदमा हुन लागेको निर्वाचनका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ । १३ पदाधिकारीमा ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ । १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना सभापतिका लागि ६ जना, उपसभापतिको दुई पदका लागि छ जनाको उम्मेद्वारी परेको छ भने महामन्त्रीको दुई पदका लागि छ जनाको उम्मेद्वारी परेको छ ।

    आठ सहमहामन्त्रीमा २० जनाको उम्मेद्वारी परेको छ । त्यस्तै थारुतर्फको केन्द्रीय सदस्यका लागि १४ जना, मधेसीका लागि ३२ जना, आदिवासी जनजातिका लागि ८७ जना, खसआर्यका लागि ९३, दलितका लागि ३९ जनाको उम्मेद्वारी परेको छ । त्यस्तै महिला केन्द्रीय सदस्यका लागि ३१ जना, पिछडिएको क्षेत्रबाट २ जना, अपांगका लागि १६ जना, अल्पसंख्यक केन्द्रीय सदस्यमा ६ जना, मुस्लिमका लागि १६ जना, प्रदेश १ का लागि १३ को उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

    त्यस्तै प्रदेश २ बाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यका लागि ५ जना, बागमतीबाट ९ जना, गण्डकीबाट ७ जना, लुम्बिनीबाट ११ जना, कर्णाली प्रदेशबाट ७ जना, सुदूरपश्चिमबाट १२ जनाको उम्मेद्वारी परेको छ। प्रदेशबाट कम्तिमा एक जना महिलासहित तीनजना निर्वाचित हुने व्यवस्था छ । त्यस्तै ३५ पदका लागि हुने खुला केन्द्रीय सदस्यमा १०९ जनाको उम्मेद्वारी परेको छ । खुला केन्द्रीय सदस्यमा अधिकांश पुराना र स्थापित नेताले उम्मेद्वारी दिएका छन् ।

4565