-
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन प्रतिनिधिहरुले आफूलाई सभापति बनाउनुपर्ने तर्क समेत गर्नु भयो ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टीको १४ औं महाधिवेशनमा बोल्दै उहाँले आफू प्रधानमन्त्री बन्ने वित्तिकै मुलुक भएमुक्त भएको उल्लेख गर्दै त्यसलाई बचाउन पनि महाधिवेशनले आफूलाई पुनः सभापतिमा विजयी बनाउनुपर्ने बताउनु भयो । मुलुकमा अव कुनै पनि किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि पनि आफू नेतृत्वको काँग्रेस सरकारलाई निरन्तरता दिने गरी काँग्रेस महाधिवेशनले आवश्यक निर्णय गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, ‘एउटा कुरा स्पष्ट भन्न चाहन्छु भने–जुन दिन मेरो सरकार बन्यो ।
त्यो भन्दा अगाडिको दिन हेर्नुस । कस्तो थियो–डर त्रास । देशभरी कस्तो अवस्था थियो ? र म प्रधानमन्त्री भएको भोलीपल्टै सारा मानिसहरुलाई मुक्ति पाएजस्तो भयो । साना मानिसहरुले ओलीको शासनबाट मुुक्ति पाए । त्यस्तो अवस्था थियो । त्यस्तो अवस्थाबाट अव हाम्रो अगाडि त्यो मुक्ति जो पाएका छौं–त्यसलाई बचाउने हो कि नबचाउने हो ? बचाउने हो । त्यसका लागि यो महाधिवेशनले तय गर्छ ।
यो महाधिवेशनले डर, त्रासबाट मुक्त समाज, फेरी अव कुनै पनि तानाशाही सरकार नआओस् भन्नका लागि महाधिवेशनले निर्णय गर्नुपर्छ । निर्णय गरेको खण्डमा आउँदो सरकार काँग्रेसको हुन्छ । गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’
प्रधानमन्त्री देउवाले काँग्रेसको आन्तरिक निर्वाचनको प्रतिस्पर्धाले आगामी निर्वाचनमा असर पर्न नदिन पनि सचेत हुन महाधिवेशनका सबै प्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो । उहाँले आगामी निर्वाचनपछि पनि काँग्रेसले नै सरकार बनाउने गरी पार्टीका साथीहरु मिलेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले भन्नु भयो, ‘त्यसकारण साथीहरु, मैले धेरै भन्ने कुरा छैन ।
त्यसकारण चाँही देशभरी जो तपाईहरु अधिवेशनमा आउनु भएको छ । कही सहमतीले आउनु भयो होला । कहीँ प्रतिस्पर्धा पनि भयो होला । तर प्रतिस्पर्धाबाट कुनै पनि किसिमको मनमुटाव, मनोमालिन्यताबाट मुक्त हुनुपर्ने अवस्था छ । किनभने भोली स्थानीय तहको चुनाव आउँछ । माथिको तहको चुनाव आउँछ । यो अहिलेको हाम्रो आन्तरिक निर्वाचनले नै हाम्रो स्थानीय निर्वाचनमा, फेरी आउने राष्ट्रिय निर्वाचनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि हामीले अहिले देखिनै हामीले सबै साथीभाईहरुलाई मिलेर अगाडि बढाउनुछ ।
र यसका लागि म के भन्न चाहन्छु भने–काँग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार काँग्रेसको हुनेछ । काँग्रेसको सरकार रहिरह्यो भने राष्ट्रिय सरकार काँग्रेसको हुनेछ । त्यसका लागि एक पटक मलाई जिताई दिनुहोस् । म कुनै पनि हालतमा यो डरत्रास मुक्त शासन ल्याएर छाडिन्छ । नेपालमा डरत्रासमुक्त शासन ल्याईन्छ । ओलीजस्ता कुनै पनि डरत्रासको शासनबाट मुक्त गरेर डर त्रासबाट मुक्त शासन बनाएर नेपालमा काँग्रेसको सरकार बनाउछु, बनाउछु, बनाउछु, तपाईहरु मलाई साथ दिनुहोस् ।’
सभापति देउवाले महाधिवेशनमा हुने प्रतिस्पर्धाले पार्टीका साथीहरुबीच मनमुटावको स्थिति आए त्यसले आगामी निर्वाचनमा नकारात्मक असर पार्ने पनि स्पष्ट पार्नु भयो ।
News Desk 0 response शुक्रबार, मंसिर २४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





