• नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिए । ओलीले अरुका नीतिको पछाडि नभइ आफ्नो नीतिमा हिँड्न काँग्रेसलाई सुझाव दिए ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले भर्खरको हिँड्न नजान्ने बाच्छो भनी कटाक्ष गरे

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई लोकतान्त्रिक गन्तव्यबाट दायाँबायाँ नहुन सुझाव दिए । उनले सहकार्य छाडेर एक्लै हिँड्न खोज्नेहरुको ओरालो यात्रा सुरु भइसकेको दाबी पनि गरे । कुनै समय एक अर्कासँग चर्को प्रतिस्पर्धा गरेपनि बेलामौकामा सहकार्य पनि गर्ने गरेको उनले बताए ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीतिक पार्टी खोल्न नभए व्यापार गर्न सुझाव दिए । नेपालले नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी गर्दै प्रतिगामी तत्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न चेतावनी दिए ।अध्यक्ष नेपालले नेपालको राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको पनि बताए ।

4565