• अर्थमन्त्री जनार्दन शर्माले नेपालमा भित्रिने सवारी साधनहरुको आयातमा प्रतिबन्ध नलगाउने बताएका छन । अटोमोबाईल्स एशोसिएशन अफ नेपाल नाडाको ४५ औं वार्षिक साधारणसभा अर्थमन्त्री शर्माले सवारी साधन आयातमा सरकारले प्रतिबन्ध लगाउने नीति नलिएको स्पष्ट पारेका हुन । आयातलाई निरन्तरता दिदै नेपालमै सवारी साधन उत्पादनमा जोड दिन अटो व्यवसायीलाई उनले आग्रह समेत गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई बलियो बनाउन परम्परागत नीति परिर्वतन गर्नु पर्ने बताए ।दुई दिनसम्म चल्ने साधारसभाले नाडाको नयाँ नेतृत्व चयन गर्नेछ ।

4565