-
नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ ।बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको हो । बिहान काठमाडौँको एक पार्टी प्यालेसमा भएको छलफल निष्कर्षमा पुग्न नसके पछि अपरान्ह पुन बैठक बसेको थियो ।
सभापतिका उम्मेद्वार समेत रहेका कांग्रेस नेता प्रकाश मान सिंहको निवाश चाक्सीबारीमा बसेको दोश्रो बैठकले पनि साझा उम्मेद्वार छान्न सकेन । सभापतिको उम्मेद्वार बन्ने भनिएका नेता रामचन्द्र पौडेल र डा. शशांक कोइरालाले आफूहरु सहमतिको बाधक नबन्ने भन्दै आकांक्षीहरु शेखर कोइराला र प्रकाशमान सिंहलाई कुनै एक जनामा निर्णय लिन आग्रह गरिएको थियो ।
दुवै नेताले आफ्नो अडान नछोडे पछि पौडेल पक्षले साझा उम्मेदवार छान्न नसकेको हो । यस सँगै संस्थापन इतर समुहले साझा उम्मेद्वार दिने सम्भावना क्षीण बन्दै गएको छ । चाक्सीबारीको बैठक पछि संचारकर्मीहरु सँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासको लागि भोली बिहान ८ बजे अनुपम फुडल्याण्डमा अर्को बैठक बसेर निस्कर्ष निकाल्ने जानकारी दिए ।
News Desk 0 response बुधबार, मंसिर २२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३