-
आज डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘च्यालेन्ज अफ वाइल्डलाइफ म्यानेजमेन्ट इन एभिएसन सेफ्टी’ विषयमा कार्यशाला गर्यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हरिभक्त श्रेष्ठ, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठलगायत विज्ञले वन्यजन्तु र चराचुरुङ्गीबाट हवाई उडानमाथि हुने सम्भावित जोखिमलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा सो अवसरमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हवाई सुरक्षा बढाउन र सेवालाई गुणस्तरीय बनाउन लागिपरेको बताए । हवाई उडानमा जङ्गली जनावार र चराचुरुङ्गी ठोक्किए भने दुर्घटना निम्तिने भएकाले बेलैमा सम्भावित जोखिम नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्ने उनको धारणा थियो । उनले भने, “म आफ्नो गन्तव्य र अडानमा स्पष्ट छु विज्ञहरुले यहाँ विकृतिहरु छन् यसरी सुधार गर्नुपर्छ भनेर सुझाव दिए ।
उडानलाई सुरक्षित बनाउन वन्यजन्तुको जोखिमबाट जोगिन प्रभावकारी काम गर्छौ दिनपछि क्यानको बैठक बसेर बजेट पारित गर्छै कार्यक्रम ल्याउँछौँ ।”
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले हवाई उडानलाई वन्यजन्तुबाट सुरक्षित बनाउने कार्ययोजना एक हप्ताभित्र प्रस्तुत गर्न मातहत निकायलाई निर्देशन दिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले हवाई उड्डयनलाई सुरक्षित तुल्याउन लागिपरेको बताए । वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष क्या रामेश्वर थापाले नागरिक उड्डयनलाई सुरक्षित र विश्वसनीय बनाउन सरोकारवाला निकायबीच समन्वयका साथ काम अघि बढाइनुपर्नेमा जोड दिए ।
सन् १९०३ डिसेम्बर ७ तारिखका दिन अमेरिकी नागरिक राइट ब्रदर्सले पहिलोपटक हवाईजहाजको यात्रा गरेको सम्झनामा यो दिवस मनाइने गरिन्छ । सन् १९९४ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५०औँ वार्षिकोत्सवका अवसरमा दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको थियो । सन् १९५७ मा नेपालमा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो ।
News Desk 0 response मङ्लबार, मंसिर २१, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३