• नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरु नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको दावी गरेका हुन । मंगलबार छलपल गर्न ओली निवास बालकोट पुगेको नेपाल बार एशोसिएशन र सर्वोच्च बारको टोलीसँग प्रतिक्रिया दिँदै उनले जबरालाई हटाउन संसदमा महाअभियोग प्रस्ताव नै नआउने ठोकुवा समेत गरे ।

    अध्यक्ष ओलीले अदालतसँग आफुले कुनै लेनदेन नगरेको बताए । एकपक्षीय ढंगले प्रधानन्यायाधीशको राजीनामा माग्दैमा न्यायालयमा सुधार नआउने उनको दावी छ ।अध्यक्ष ओलीले प्रधानन्यायाधीशलाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने सेटिङ भैसकेको आारोप समेत लगाए ।

4565