• सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् ।

    शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको चितवनमा उद्घाटन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सहमती र दलहरुबीच समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको स्पष्ट पारे । अध्यक्ष दाहालले राजनीतिक दलहरुको सहमती र समझदारी नभई एमसीसीबारे पनि संसदले निर्णय लिने अवस्था नरहेको बताए ।

    अध्यक्ष दाहालले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै उनले प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरुले सत्तारुढ गठबन्धनलाई कमजोर पार्न सकिन्छ कि भनेर षडयन्त्र गरिरहेको दोहो¥याए ।

    माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन शनिबार सुरु भएको हो । महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

4565