-
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने दावी गरेकाछन् ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गरेकाहुन । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए । अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहो¥याए ।
उनले अव मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान समेत गरे । उनले भने, ‘चुनाव हुन अव बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अव कस्को सरकार बन्छ ? देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो ।
त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरु अगाडि बढाउँछांै । र देशलाई समृद्धिको बाटोमा लान्छौं । अव बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, यो सँग सहकार्य गरेर, यसको बैशाखी टेकेर, यसलाई मिलाएर, उसलाई मिलाएर ग¥यो भने तिनीहरुले आफ्नो खुुट्टा त खुस्दिैन नि । नटबोल्ट लगाएको खुट्टा त नटबोल्ट खुस्काई दिन्छ । खुस्की हाल्छ । मैले अलि केही काम गर्नका लागि नटबोल्ट जोडेको थिए । कसलेकसले खुस्काई दियो । खुस्केका खुट्टा गए । मेहनत गरेर जोडियो । धराहरा बनेपछि तिनको छाति पोल्यो । हातिमा आगो बल्यो । तिनको दिमाग भत्भति पोल्यो । रानी पोखरी बनेको देखेपछि, ऐतिहासिक सम्पदाहरु फेरी उठेको देखेपछि आत्तिए । एमालेले समृद्धिको अभियान अघि बढाउँछ । एमालेमा आउनुहोस् । देश निर्माण गरौं ।’
अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको उल्लेख गर्दै अव त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दावी समेत गरे ।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३





