• पूर्वसांसद समेत रहेका इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध अहिलेसम्मकै ठूलो ठगी मुद्दा अदालतमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ४२ जनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो । यो मुद्दा अहिलेसम्मकै ठूलो रकमको र धेरै पीडित भएको मुद्दा रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

    मुद्दामा ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगोदाबी गरिएको छ । उनीहरुविरुद्ध १ हजार ५ सय ३ जना पीडितले जाहेरी दिएका थिए । ठगीको आरोप लागेकामध्ये एक जनाको भने मृत्यु भइसकेको छ ।

    गत बिहीबार सीआईबीले सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । यसैबीच सहकारी पीडितहरुले रकम फिर्ताको माग गर्दै काठमाडौका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् ।

4565