• प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । बिहीवार नेपाली कांग्रेसको प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तह र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावमा केन्द्रीत हुन निर्देशन दिएका हुन ।

    पार्टीको आन्तरिक चुनावमा हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको उनको भनाई छ ।लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्नसक्ने देउवाको दावी छ ।

4565