-
संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंस्थाको वकाल गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । एकताको महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन पुगेका अन्य दलका नेताहरुले विचारमा फरक भए पनि राष्ट्रियताको सवालमा राप्रपाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध वकाल गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रायः सबै दलका शीर्ष नेताहरु शुभकामना दिन पुगे । भृकुटी मण्डपमा आयोजित उद्घाटन समारोहमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले एउटै विचार भएका पार्टी एकढिक्का हुनु राम्रो कुरो भएको बताए ।
त्यसैगरि नेकपा एमालेको महाधिवेशनमा शुभकामना दिन कमल थापा चितव नै पुगेपनी राप्रपाको अधिवेशनमा ओली भने उपस्थित भएनन् । त्यसको साटो नेकपा एमालेको १० औँ महाधिवेशनबाट भर्खरै वरिष्ठ उपाध्यक्षमा निर्वाचित ईश्वर पोखरेल अधिवेसनमा सामेल हुदै मुलुकको राजनीति दुई ध्रुवमा विभक्त भएको भन्दै राप्रपालाई आफ्नो कित्तामा उभिन आग्रह गरे । उनले राष्ट्रिय स्वाभिमानको रक्षा, विकास र समृद्धि पक्षमा एकताबद्ध हुन शुभकामना दिए ।
मुलुकमा गणतान्त्रिक व्यवस्था ल्याउन मुख्य भूमिका खेलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि राप्रपाको खुलेर प्रशंसा गरे । उनले राष्ट्रियता र देशभक्तिको सवालमा राप्रपासँग माओवादीको धारणा मिल्ने भन्दै सहकार्यका लागि आग्रहसमेत गरे ।
नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालले पनि राप्रपाले राष्ट्रियतको सवालमा उठाएको झण्डालाई झुक्न नदिन आग्रह गरे । उनले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढन राप्रपाको नेतृत्वलाई सचेतसमेत गराए ।
शुभकामना दिन पुगेका नेकपा मालेका महासचिव सीपी मैनालीले राष्ट्रियताको सवालमा सबै दल एक जुट हुनुपर्ने भन्दै राजा महेन्द्रको खुलेर प्रशंसा गरे ।राप्रपाको महाधिवेशनको शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झा लगायतका नेताहरु पनि पुगेका थिए ।
News Desk 0 response बुधबार, मंसिर १५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३