• नेपालगन्ज देखि रुकुमको राडिबजार जांदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस जाजरकोटकोकुदु बराहचौर नजिक राती २ः३५ बजे दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

    उक्त बस दुर्घटना मा परि अन्य २७ जना घाइते भएका हुन । घाइते यात्रुहरुको जिल्ला अस्पताल जाजरकोट र मिसन अस्पताल चौरजहारिमा उपचार भैरहेको छ । बस दुर्घटनामा परि मृत्यु हुनेमा कुशे गाउँपालिका ९ जाजरकोटकि १८ बर्शिया अनिला नेपाली,आठाबिसकोट नगरपालिका ५ रुकुम पस्चिमकी २४ बर्षकि सन्ध्या मल्ल शाही, नलगाड नगरपालिका ३ करुवा जाजरकोटका २६ बर्शिय शेर बहादुर परियार, आठ्बिसकोट नगरपालिका ४ निबासी ४ बर्शिया दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भै दिपेन्द्र आधारभुत बिध्यालय सक्ला जाजरकोटमा कार्यरत ४० बर्षका गगाराम यादबको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

    उनले घाइते मध्य तीन जनाको अबस्था गम्भीर रहेकाले नेपालगन्ज पठाईएको बताए । स्यालले बाटो काट्न खोजेपछि स्याल जोगाउन खोज्दा दुर्घटना भएको चालक चित्र बहादुर देनारले जनाएको जाजरकोट प्रहरिले जनाएको छ । चालक देनारलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

4565