-
नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र भव्य समारोहबीच सम्पन्न भएको छ । महाधिवेशनमा विशाल उपस्थिति मात्र होइन, रौनिक प्रस्तुतिहरु पनि देखिए ।चितवनको नारायणी नदी किनारमा विशाल जनउपस्थितिका साथ आयोजित समारोहमा देशभरबाट एमालेका नेता कार्यकर्ता निकै उत्साहका साथ उपस्थित भएका थिए । समारोहको निकै तामझामका साथ नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोह शुभारम्भ हुनुअघि देशभरबाट आएका नेता, कार्यकर्ता, शुभेच्छुक नाराजुलुस र नाचगानसहित महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनार प्रवेश गरेका थिए ।महाधिवेशनमा सबैभन्दा बढी रौनक पूर्व रुकुमको झाँक्री नाच देखियो । मौलिक परम्पराको यो नाचले सबैको ध्यान खिचेको थियो ।
महाधिवेशन उद्घाटन हुनुअघि जनसांस्कृतिक मञ्चले प्रस्तुत गरेको सांगीतिक कार्यक्रम पनि निकै रोचक बन्यो । सबै जातजाति, भाषाभाषीलाई समेटिएको प्रस्तुतले पनि सहभागीको ध्यान खिचेको थियो ।उद्घाटन समारोहमा सहभागीहरुले नारायणी नदी किनारको मज्जा पनि राम्रैसँग लिए । महाधिवेशनको लोगो गैंडाको मस्कट र नारायणीकोे छालमा सेल्फिको मज्जा लिनेहरुको पनि रौनकता छाएको थियो ।
News Desk 0 response शुक्रबार, मंसिर १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





