-
पर्वतको कुश्मा अन्तर्गत रानीस्वाँरामा दुइ वस्तीका ३५ घर पहिरोका कारण जोखिममा रहेका छन् । खेत तथा आँगनमा धाँजा फाटेर वस्ती नै जोखिममा पर्दा पनि कसैले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् ।
पर्वतको कुश्मा हुँदै पञ्चासे जाने सडकखण्ड अन्तर्गत रानीस्वाँरामा दुई सय रोपनी खेतसहित दुइ वस्तीका ३५ घर पहीरोको जोखीममा रहेका छन् । कुश्मा नगरपालिका ११ रानीस्वाँराको वस्तीमा गएको साउनमा आएको वाढी त्यस पछिको असोज कार्तीकको पहीरोले जमीन धाँजा फाटेर जोखीममा रहेको हो ।
कुश्मा शिल्मी हुँदै पञ्चासे क्षेत्र जोडने सडकमा पहीरो खस्दा अहीले वस्ती सहित सयौं रोपनी खेत बगाएको छ । खेत तथा घर आँगनमा धाँजा फाटेर वस्ती समेत जोखीममा परेको भएपनि कसैले चासो नदीएको स्थानीयको गुनासो छ ।
पहीरो जान थालेपछि जिल्ला प्रशासन, सुरक्षा निकाय, नगर पालिका सबै क्षेत्र धाएका स्थानीयहरुले कहिँबाट पनि सहयोग नपाएको गुनासो गरेका छन् । पहीरोले अहीले सिँचाई खानेपानी समेत बगाएको छ । एक आधारभुत विद्यालय समेत जोखीममा परेको छ । स्थानीयका अनुसार पहीरले रोपेको खेत धाँजा फाटेर पुरीएपछि अहीले अन्न भित्र्याउने समयमा भोकमरीको समस्या भएको छ
पहीरोका कारण चौपाय चराउन समेत समस्या भईरहेको छ । धाँजा फाटेर रोप्न अयोग्य भएको खेत र वस्तीको संरक्षणका लागि बैकल्पिक खेती सहीतको वस्ती विकास आवश्यता देखिएको हो । पहिरो खसे देखी नै आँफुहरुल जिल्लाका सरकारी कार्यलयहरुमा हारगुहार मागेको भएपनि सुनुवाई नभएको स्थानीयले बताएका छन् ।
ठूलो क्षति देखिएकोले स्थानीय तहको बजेटले केहि गर्न नसक्ने जनप्रतिनिधिको भनाइ छ । प्रदेश सरकार र संघबाट नै पहल नहुने हो भने यहाँको जोखिम झन बढ्ने चिन्ता छ ।
पटक पटक जनप्रतिनिधिसहित प्रदेश र जिल्लाका कर्मचारीहरुले अवलोकन गरेर जाने गरेको भएपनि ठोस योजना र राहत दिलाउन नसक्दा स्थानीयले सञ्चार माध्यम गुहारेका छन् । विषेश गरी खेती किसानी गरेर दैनीकी गुजारा चलाउने यस क्षेत्रका मानीसहरुले अहिले पहीरो कै कारण घाँस दाउरा गर्न समेत जान नसक्ने अवस्थामा रहेका छन् ।
News Desk 0 response शनिबार, मंसिर ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३