• सर्बोच्च अदालतमा बिगत तिन साता देखि आन्दोलन चलिरहेको छ । प्रधानन्यायधीशको राजीनामा माग गर्दै बारका कानुन व्यवसायीहरु आन्दोलित छन् । उता, अभियानताहरुले अदातललाई बन्दक बनाएको भन्दै बार विरुद्ध अभियान संचालन गरिरहेका छन् ।

    तिनसाता देखि बन्दक रहेको सर्बोच्च अदालतको गतिरोध निकासउन्मुख हुने अवस्था देखिएको छैन । बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजिनामालाई आफ्नो आन्दोलनको बटमलाइन बनाएर अघि बढेको छ । यसबिच सर्बोच्च परिसरमा बारका कानुन व्यवसायीहरु र प्रहरीबिच दिनहुँजसो झडप चलिनै रहेको छ ।

    बारको तेस्रो चरणको आन्दोलन चलिरहँदा बिहिबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा मार्फत प्रधानन्यायाधीश विनाको इजलास चलाउन नियमावलि संशोधन गर्ने निर्णय गरेको छ । यसका साथै उनीहरु प्रधानन्यायाधीश बिनाको इजलास र राजिनामालाई एकसाथ अघि बढाउने भएका छन् ।

    न्यायलयबाट हुने मुद्दाको छिनोफानोमा बारको आन्दोलनले समस्या गरेको भन्दै उनिहरुका विरुद्धमा पनि छुट्टै अभियान चलिरहेको छ । बार परिसरमा नै पसेर हातहालाहालको अवस्थासमेत देखिएको छ ।यसका साथै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले बारको आन्दोलनको औचित्यता माथि प्रश्न उठाउँदै आएको छ ।यसरी बार निरन्तर विरोधमा र अभियन्ताहरु समर्थनमा उभिदा अदालत थप बन्दक बन्ने देखिन्छ । यसले गर्दा सेवाग्राहीहरु भने मारमा परिरहेका छन् ।

4565