• प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गरेका छन् । शुक्रबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताबाटै समस्याको समाधान गर्न आह्वान गर्दै पत्र पठाएको नेपाल बारले जनाएको छ । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ ।

    आन्दोलनमै रहेका न्यायाधीशहरु इजलास फर्किएकै दिन कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका हुन् । यसअघि पनि विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीशले वार्ताका लागि आग्रह गरेका थिए । तर त्यतिबेला बारले वार्तामा नजाने निर्णय गरेको थियो । पुनः बारलाई पत्र नै पठाएर आग्रह गरेपछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

4565